हिमालयन लाइफको संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
११ चैत २०८१ ९:२५

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ५८ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९चैत १२ गते० बाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौं आवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *