घट्यो सुनको भाउ

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको भाउ २ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार पनि चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार चाँदी तोलामा १९ सय ८० रुपैयाँमा कायम भएको छ। सोमबार पनि चाँदीको भाउ तोलामा १९सय ८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
Facebook Comment