दुर्गा प्रसाईंको चैत १५ गतेको आन्दोलनलाई नवराज सुवेदीको साथ, स्वामित्व लिने घोषणा

डिसी नेपाल
११ चैत २०८१ १४:१९

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले यही चैत १५ गते राजसंस्था पुनर्थापनाको मुख्य मागसहित गर्न लागेको जनप्रदर्शनको स्वामित्व नवराज सुवेदीले लिने घोषणा गरेका छन् । सुवेदी नेतृत्वको राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समितिले प्रसाईको प्रदर्शनको स्वामित्व लिने एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

सुवेदीले १५ गतेको जनप्रदर्शन सफल पार्न आह्वान गर्दै आगामी दिनमा राजसंस्था पुनःस्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरुमा आफू नेतृत्वको समितिको पूर्ण साथ, सहयोग र समर्थन रहने बताएका छन् ।

‘आउँदो शुक्रबार राजधानीमा हुन लागेको विशाल जनप्रदर्शनमा देशका सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा संघीयताविरोधी आम सर्वसाधारण राजनीतिक पार्टी र समूहहरुलाई साथ, सहयोग र समर्थन गर्न म हार्दिक अपील गर्छु । देश बचाउने र बनाउने हो भने हामीसँग अब अर्को विकल्प छैन’, विज्ञप्तिमा भनिएको छ ।

चैत १५ गते नै गणतन्त्रवादीहरूले पनि शक्ति प्रदर्शनको घोषणा गरेका छन् । माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सममिलित समाजवादी मोर्चाले प्रदर्शन घोषणा गरेपछि त्यसलाई काउन्टर दिन दुर्गा प्रसाईंले त्यही दिन प्रदर्शन आह्वान गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *