कुलमानलाई हटाएको विरोधमा माओवादी जनवर्गीय संगठनको प्रदर्शन

डिसी नेपाल
११ चैत २०८१ १६:४४

काठमाडौं। कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठन र मोर्चाले काठमाडौंमा प्रदर्शन गरेको छ।

कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय जनविरोधी भएको भन्दै वाइसिएल लगायतका माओवादी जनवर्गीय संगठन र मोर्चाले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले अध्यारोको रक्षक ः कुशलको भक्षक, ओलीको सरकार बिचौलियाको मतियार, कुशल व्यवस्थापक कुलमान घिसिङलाई बर्खास्त गर्न पाईदैन लगाएतका प्लेकार्डसहित नारावाजी गरेका थिए।

माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा दीपशिखाले वर्तमान सरकारले एकपछि अर्को जनविरोधीका काम गर्दै अघि बढेकाले सरकारविरुद्ध प्रदर्शन गरिएको जानकारी दिए।

कुलमानलाई बर्खास्त गरेर वर्तमान सरकार प्रतिगमनतर्फ उन्मुख भएकाले त्यसका बिरुद्ध सडकमा आउनुपरेको उनले बताए। उनले कुलमानको बर्खास्ती खारेजीको माग गर्दै सरकारले माग पुरा नगरे चरणबद्ध कार्यक्रमको घोषणा गरेर अघि बढ्ने चेतावनी दिए।

उनले कुलमानकै कारण मुलुकबाट बिजुली बेच्ने अवस्था सिर्जना भएको उल्लेख गरे। दीपशिखाले राज्यले एकपछि अर्को गलत काम गर्दै गए आन्दोलन थेग्न नसक्ने उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *