सरकारले वर्षौं लगाएर निर्माण गरेका आयोजनाले लोडसेडिङ अन्त्य भएको हो, कसैको चमत्कारले होइनः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्षौं लगाएर आयोजना निर्माण गरेका कारण मुलुकमा लोडसेडिङ अन्त्य भएको बताएका छन्।
मंगलबार बालुवाटारमा सुजता कोइरालाद्वारा लिखित ’म र मेरो सानोबुुबा’ (आत्मकथा) लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कसैका चमत्कारले नभइ वर्षौं लगाएर गरिएका कामले बिजुली आएको बताएका हुन्।
उनले कुलमान घिसिङले विजुलीे, चिम वा ट्रान्समिसन बोकेर आउनु भयो कि ? भन्दै प्रश्न गरे। कुलमानका विषयमा माओवादी अध्यक्ष प्रचण्डले भ्रम छरेको भन्दै उनले कुनै एक व्यक्तिले मात्रै अन्धकार हटाएको भन्ने भ्रममा नपर्न आग्रह समेत गरे। उनले स–साना कुराहरुलाई समातेर हल्लाखल्ला गर्ने काम भएको जिकिर गरे।
प्रधानमन्त्री ओलीले अहिले आफूले सरकारको नायकत्व लिएको भन्दै केहि समयपछि कांग्रेस सभापति शेर बहादुर देउवाले सरकारको नायकत्व लिने बताए।
कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको तर्फबाट पूर्ण सहयोग रहेको बताए। ओली नेतृत्वको सरकारलाई कांग्रेसको पूरापूर सहयोग रहेको र राम्रोसँग अगाडि जानेमा दुईमत नरहेको उनले बताए।
कार्यक्रममा सहभागीहरुले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा गरेका थिए।
Facebook Comment