नेपाल इन्स्योरेन्स कम्पनीको कहिले बस्दैछ एजीएम ?

डिसी नेपाल
१२ चैत २०८१ ८:११

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश प्रस्ताव पारित गर्न चैत १९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साधारण सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ । चैत ६ गतेसम्म कायम रहो सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *