सत्तापक्षीय दलको बैठकमा उपेन्द्र यादव सहभागी

डिसी नेपाल
१२ चैत २०८१ १२:३७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सत्तापक्षीय दलहरूको बैठक सहभागी भएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठकमा यादव सहभागी हुन्। मंगलबार बैठकमा भने यादव सहभागी थिएनन्।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्तापक्षको बैठक जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता उपस्थित छन्।

जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राईलगायत नेताहरू सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *