आगो लागेको इटहरीको सेन्टर प्लाजाबाट ११ जनाको उद्धार

डिसी नेपाल
१२ चैत २०८१ १२:४६

काठमाडौं । आगो लागेको सुनसरीको इटहरीस्थिन सेन्टर प्लाजाको भवनबाट ११ जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । उद्धार गरिएकामा ८ पुरुष र ३ महिला रहेको सुरक्षा स्रोतले जनाएको छ ।

उद्धारकर्मीहरूले भवनभित्र थप अरू कोहीलाई देखेका छैनन् । तर, अरू पनि फसेको हुन सक्ने आशंकामा खोजी कार्य भने भइरहेको छ । उद्धार टोलीले अरू कोही फसेको हुनसक्ने आशंकामा खोजीसहित आगो निभाउने काम पनि गरिरहेको छ ।

प्लाजाको पाँचौ तल्लामा आगलागी भएको र मानिसहरू फसेको जानकारीपछि गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टर परिचालन गरेको थियो । प्लाजाको पाँचौ तल्लाबाट बिहान साढे ९ बजेबाट आगलागी सुरु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *