नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने कानुन ल्याउन लागिएको भन्दै विरोध

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने कानुन ल्याउन लागिएको भन्दै प्राधिकरणमा कार्यरत कर्मचारीका संगठनले विरोध जनाएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ तुरुन्त फिर्ता गर्नुपर्ने माग राख्दै आधिकारिक ट्रेड यूनियन प्राधिकरणले कार्यालयमा धर्ना दिएका हुन्। उनीहरूले हवाई क्षेत्रमाथि निजीकरण गर्न लागिएको भन्दै विरोध जनाएका छन्।
दुई विधेयक देशको हितमा नरहेको भन्दै विरोध गरिएको आधिकारिक ट्रेड यूनियन, नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष सुवास कोइरालाले बताए। उनले सरोकारवालासँग कुनै छलफल नगरि ल्याइएको भन्दै विधेयक फिर्ता नभएसम्म निरन्तर आन्दोलन गरिने उल्लेख गरे।
सरकारले ल्याएको विधेयक विमानस्थलको निजीकरण गरी राज्यको स्रोतको माफियाकरण गर्ने कुनियततर्फ लक्षित रहेको उनले आरोप लगाए।
Facebook Comment