ठूलो परिमाणमा अवैध सुनसहित काठमाडौंबाट एक जना पक्राउ

डिसी नेपाल
१२ चैत २०८१ १६:१८

काठमाडौं । अवैध रूपमा सुन ल्याएर तयार पारिएको गहनासहित काठमाडौंको स्वयम्भूबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५ घर भएर कलंकीमा बस्दै आएका दिपेशलाल चित्रकार छन्।

प्रहरी वृत्त स्वयम्भूको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित आनन्दकुटीबाट पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ।

उनको साथबाट नौगेडी ११ थान, सिंगल गेडी माला ७ थान, क्रिस्टल सहितको सुनको माला १३ थान, मंगलसूत्र ६ थान, सोली गेडी १ थान, टप ३ थान, क्लिप ९ थान सहित १४ प्रकारका गहना प्रहरीले बरामद गरेको हो।

अवैध रूपमा आयात गरेको सुनलाई गहना बनाएर उनले बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *