६६ वर्षीय वृद्ध र १५ वर्षीय बालकको शव फेला

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
पर्वतको कुश्मा नगरपालिका-४ माझमेलास्थित जंगलमा सोही नगरपालिका-५ लोकतान्त्रिक चोक बस्ने ६६ वर्षीय हरि बहादुर विक बुधबार मृत अवस्थामा फेला परेका छन्।
कालिकोटको नरहरिनाथ गाउँपालिका-१ लालिघाट नजिकै कर्णाली नदीको किनारामा पहिचना नखुलेका अन्दाजी १५ वर्षीय बालक बुधबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया
Facebook Comment