गेस्ट हाउसमा युवती मृत फेला

काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित ताज गेस्ट हाउसमा युवती मृत फेला परेकी छन्।
भारत घर भएर दुई दिनदेखि उक्त गेस्ट हाउसमा बसेकी ३१ वर्षीया आरती मृत अवस्थामा भेटिएकी हुन् ।
गेस्ट हाउसको ९ नम्बर कोठामा बाल्टिनको सहयोग लिएर सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव भेटिएको सर्लाही प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया
Facebook Comment