नरैनापुरका अग्निपीडितलाई सहयोग

डिसी नेपाल
१३ चैत २०८१ ८:२५

नेपालगञ्ज। बाँकेको नरैनापुरका अग्निपीडित १७ परिवारलाई रु १० हजार बराबरका राहत सामग्री वितरण गरिएको छ ।

नरैनापुरस्थित नेपाल रेडक्रस सोसाइटीको उपशाखाले अग्निपीडितलाई त्रिपाल, ब्ल्याङ्केटका साथ भान्सामा प्रयोग हुने भाँडावर्तन, साबुन, सर्ट पाइन्ट, महिला तथा पुरुषले लगाउने धोतीलगायत लत्ताकपडा प्रदान गरेको हो ।

उपशाखाका कोषाध्यक्ष सोहनलाल यादवका अनुसार नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमत शाहको उपस्थितिमा राहत सामग्री पीडितलाई हस्तान्तरण गरिएको हो ।

नरैनापुरमा गत मङ्गलबार आगलागी हुँदा १७ घरगोठ जलेर रु ५० लाख बराबरको क्षति भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *