ललितपुरमा खुकुरी प्रहार गरी युवकको हत्या

डिसी नेपाल
१३ चैत २०८१ ९:५४

ललितपुर। ललितपुरमा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । रामेछाप घर भएर महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाकाएको छ ।

बुधबार राती करिब १ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरु बीच एकआपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गर्दा मृतकको घाँटीको दुवै भाग र गालामा चोट देखिएको प्रहरीले जनाएको छ । आरोपी रसाइलीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धन भइरहरेको जनाइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *