शंकरप्रसाद रिजालका दुई कविता

अध्यात्मिक चिन्तन
रचेको छ सृष्टि जसले उनले नै चलाउँछन्
सारा विश्वका प्राणीहरुलाई उनले नै नचाउँछन्
नियम उनको एउटै त्यो अटल र अमर छ
जन्मन्छन् जति यो जगतमा मृत्यु त्यो निश्चित छ।
रुप उनको कुनै छैन सर्वत्र मुखरित छ
वेद पुराण उपनिषदमा उनको गुणानु गुण छ
लिने उनको छँदै छैन दिने उनको गतिशील छ
माथि आकास तलको धर्ती उनको मन एक छ।
स्वाभाव उनको बिचित्रको छ मन भित्रनै निर्मल बास छ
रुँदा उनी मन भित्र रुन्छन् हाँसोमा दिलभित्र हास्छन्
चलाउँदा उनी मनभित्र चल्छन् सुताउँदा शान्त सुत्छन्
पमेश्वर छ नाम उनको अनन्त कोटी अवतार लिन्छन्।
सुखको घडीमा उनी लुकी बस्छन्
दुःखको घडीमा उनी माथि उठ्छन्
न हार न जीतको बानी उनको छैन कुनै पनि
जन्मिने मरने हुन्छन् यो दुनियामा जुनै पनि।
ज्ञानीमा ज्ञानी भै बस्छन् अज्ञानीमा मुर्ख झैं
दुष्टमा दुष्ट भै बस्छन् सज्जनमा सन्त झैं
विज्ञानमा बिज्ञ बन्छन् ,बुद्धिमा प्राज्ञ झै
अध्याँरो औंसीको रात उज्यालोमा सूर्य झैं।
ठूला सन्त सबै रम्छन् उनैको पाउमा झुकी
तपस्या गर्नेलाई आशिष दिन्छन् लुकीलुकी
दिनरात दुबै हुन्छ उनको कार्य कालमा
जन्म मृत्यु दुवै हुन्छ उनैको बर्तमानमा।
हावापानी बतास हुरीले डग्दैन कैले पनि
आगो र ज्वालामुखीले गल्दैन कैले पनि
शक्तिमा बलवान छ प्रलयनै अधिनस्थ छ
सत्य, त्रेता, कली, द्वापरमा उनैको हुकुम चल्दछ।
रोग भोक कुनै छैन लिइ आनन्द मनमहाँ
हाँसीहाँसी हाँकेका छन् रथ त्यो महाभारतमा
तृष्णा मोह आशक्ति छैन उनमा कुनैपनि
पराशक्ति मिलेको छ शक्तिमा जुनैपनि।
लिला उनको अपरम्पार छ यो जगतमा
अरु कोही छँदै छैन उनी बाहेक ब्रम्माण्डमा
आश निराशको दुई रंगले दुनिया सजाइ
मानव जीवन मिलन र बिछोडले मिलाई।
जीव कीरा फट्यांग्रा जति छन् यो जगतमा
जन्मिने मर्नु नै पर्छ यो ठूलो भूमण्डलमा
बाँच्नेले तर्नु नै पर्छ हरेकले यो भवसागर
लिने कुरा कुनै छैन लाने पनि कुनै कुरा।
तसर्थ मोह माया सबै त्यागी पूज प्रेमलाई
नगरे घमण्ड भाइ एक दिन मर्नुछ हामीलाई
फोहर मैला सब चिज फाली मन निर्मल बनाउँ
निर्मल मनको सिंहासनमा प्रभुको आशन बनाउँ।
प्रेम, दया, करुणा, बिबेकले मनमा डमरु बजाउँ
यसैले हामी भित्र रहेको प्रभुलाई बिस्तारै जगाउँ
बन्नेछौं बुद्ध एकदिन, गुरु नानक नै पनि
बन्ने छौ इशा एकदिन त्यसरी पेगम्बर नै पनि।
आउ कर्ममा लागौं प्रभुको नाम स्मरण गरी
सेवाको भावना राखौं प्रभुकै भजन त्यो गरी
छोटो समय जीवनको बिताऔँ भजनकीर्तन गरी
यही हो जीवनको सार संसारमा सधैंभरी
यही हो जीवनको सार संसारमा सधैंभरी।
ज्वालामूखी
ठूलो आगोको मुस्लो ज्वालामुखी फुटेसरी
मन चिन्ताको ज्वाला भित्रैदेखि उठेसरि
बैरागी जीवनको आभा सपना मै छिपेसरी
सारा मनका ताप भित्रै हृदयमा लुकेसरी।
बाहिर शितल छायाँ चकमन्न छ वरीपरी
पहाड थुम्को माथि खाल्डो छ दुलो सरि
आगो सागर भित्र छ मडारिएको जताततै
जीवनपनि यस्तै हो त्यो ज्वालामुखी जस्तै।
सजिलो छैन यो जीवन दुःखी भइ बाचन
छैन यो जीवन सजिलो रोगी भइ जीउन
छैन जीवन फेरि सजिलो सडकमा सुतन
छ यो जीबन गाह्रो गरीब भइ जिउन।
टुट्नेछ यो कुनैदिन ज्वालामुखी भई फुट्न
यो सारा बेदनादेखि सागर पनि देख्छु म
उठेको देख्छु ज्वालामुखी फुटेसरी म
आकास माथि बादलमा चट्यङपरे सरि म।
जीवनका हरेक घडी पला आगो झैं बलेको
यसको जल्जलापनले आज ज्वालामुखी बनेको
कोइला भित्रको हीरा त्यो आगोमा जलेको
देशको बरबादिले देसबासी ज्वालामुखी भएको।
राष्ट्रको अन्याय र अत्त्यचारले आगो सल्कायो
संसारको लडाईं झगडाले ज्वालामुखी बनायो
यहाँ हरेक युवा युवतीहरु बिदेसिएका छन्
माता पिता घरको सुन्यतामा रोइरहेका छन्।
रोएको देशमा सबै ज्वालामुखी भएका छन्
वितृष्णा राजनीतिको सबै आगो बनिरहेका छन्
आर्थिक विपन्नताले सबै निरीह भइरहेका छन्
देशमा सबैतिरबाट जालामुखी फुटिरहेका छन्।
अवस्था देशको हेर्दा सूर्यपनि टुक्रा बनेको छ
टुक्रा कण कणका नेपाली माथि परेको छ
चन्द्रमामा पनि आज दाग लागिरहेको छ
झण्डै ज्वालामुखी बन्ने तिर अगाडि बढेको छ।
यो सारा देशमा आज ज्वालामुखी फुटेको छ
धनी र गरीबको ठूलो खाडल बनेको छ
मानिस मानिसमा द्वन्द्व बढेको छ
राजनीतिले यहाँ अर्को परिबर्तन खोजेको छ।
अब देशमा कतै ज्वालामुखी फुट्ने पो हो कि
देश कतै द्वन्द्वमा फस्ने पो हो कि या
देशै न रहने पो हो कि या कित्ता काटिने हो
अब चन्द्रमाको पनि आफ्नो झ्यालबाट ज्वालामुखी
फुटी यो नेपालमा फेरि पृथ्वी नारायण शाहले
पुनर्जन्म लिइ यो भन्दा बिशाल अधिराज्य बनाउने हो।
के भन्न सकिन्छ र यो देशमा नेताहरुको हुकुमदेखि
पुनःएक पटक राणा शासन फर्काउने हो कि
शाशकहरु आफ्नो महलका झ्याल बार्दलीबाट सलाई
कोरी कोरी भुँइ मान्छेहरुको शरीरमा आगो लगाई लगाई रहेका छन्।
व्यवस्था गणतन्त्रको छ अबस्था एक तन्त्रको
चिच्यायी रहेका छन् फेरि नेपालमा प्रजातन्त्रको
इमान्दार र कर्मठ व्यक्तित्व छटपटाइ रहेका छन्
अध्याँरोलाई उज्यालो पार्ने कुलमान राइरहेका छन्।
देशको कारखाना बनाउन महावीर पुनः स्वयम्
किताब बेची सडकमा हिँडिरहेका छन्
रुइत लाखौँ नेपालीको आँखा खोलीरहेका छन्
राजा राजसंस्था फर्काउन देश घुमिरहेका छन्।
यहाँ भूमाफिया, तस्कर तन्त्रको ज्वारभाटा उठेको छ
नेताको एकलौटी बढेको छ, आगो ओकली रहेका छन्
एकले अर्कोलाई पूर्वाग्रह राखेका छन्
सबै आगोहरु जम्मा भई आज ज्वालामुखी बनेको छ
देश ज्वालामुखी बनेको छ, समाज परिवार र प्रत्येक
व्यक्ति आज ज्वालामुखी बनेको छ
हेरौं ज्वालामुखीको लाभा कतिसम्म फैलिनेछ
हेरौं ज्वालामुखीको लाभा कतिसम्म फैलिनेछ।
Facebook Comment