प्रचण्डलाई ‘टीआरसी’सँग सम्झौता गरेको आरोप, राप्रपाले बोक्यो कुलमान

डिसी नेपाल
१४ चैत २०८१ १४:११

काठमाडौं । कुलमान घिसिङलाई विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरूद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघरमा प्रदर्शन गरेको छ।

बिहीबार माइतीघर मण्डलामा भेला भएर राप्रपाका नेता कार्यकर्ताले कुलमानको पक्षमा प्रदर्शन गरेका हुन्। ‘लोडसेडिङ चाँहिदैन, कुलमान हटाउँन पाइदैन’, ‘मन्त्रिपरिषद्‌को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’, ‘अवस्था बदल्न व्‍यवस्था बदलौं’लगायत नारा लगाउँदै उनीहरू प्रदर्शन गरिरहेका छन्।

सरकारले चैत ११ गते कुलमानलाई पदबाट हटाउँदै हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकार मात्र नभएर कुलमान हटाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको समेत हात रहेको आरोप लगाउँदै आएका छन्।

संमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा प्रचण्डले कुलमान साटेको उनको आरोप छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *