सिनामंगलबाट लागूऔषधसहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

डिसी नेपाल
१३ चैत २०८१ १५:४७

काठमाडौं। सशस्त्र प्रहरी बलले चैत्र १४ गते दिउँसो काठमाडौ महानगरपालिका–९ सिनामंगलबाट करीव ७ किलोग्राम पोलाइन्ड नामक लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएकाहरू खोटाङको लामिडाँडा–७ घर भई काठमाडौ महानगरपालिका–३१ गौशाला बस्ने २१ वर्षीय सागर श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–५ खोलेसिमल घर भई काठमाडौं महानगरपालिका–३१ सिनामंगल बस्ने ४५ वर्षीय लक्ष्मी परियार छन्।

उनीहरूलाई लागूऔषध किनबेच गरिरहेको भन्ने सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा लागूऔषधसहित नियन्त्रणमा लिइएको हो। साथै उनीहरूले प्रयोग गरिरहेको दुई थान मोटरसाइकल, ६ थान मोबाइल र केही नगदसमेत बरामद गरिएको छ।

नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहिको लागि सम्बन्धित निकायमा बुझाइएको छ।

यसअघि सशस्त्र प्रहरीले गत फागुन १ गते काठमाडौको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्ती र भदौ २२ गते काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट ५/५ किलोग्राम सोही लागूऔषधसहित तीन जना युवकलाई नियन्त्रणमा लिई सम्बन्धित नियकायमा बुझाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *