एएफसी महिला कप छनोटमा नेपाल समूह ‘एफ’ मा

डिसी नेपाल
१३ चैत २०८१ १६:४७

काठमाडौं। एएफसी महिला एसियन कप २०२६ छनोटको समूह अन्तर्गत नेपाल  ‘एफ’ मा परेको छ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘एफ’ मा नेपालसँगै उज्वेकिस्तान, लाओस र श्रीलंकासमेत परेका छन्। यो समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछ। छनोटका खेलहरू जुन २३ देखि जुलाई ५ सम्म हुने जनाइएको छ।

छनोट चरणमा ३४ टोली प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई ८ समूहमा विभाजन गर्दा नेपाल समुह एफमा परेको हो। दुई समूहमा पाँच र ६ समूहमा चार टोली छन्। प्रत्येक समूहका विजेताले एसिया कपमा स्थान बनाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *