एमाले भन्छ- कुलमानका विषयमा सदन अवरुद्ध संविधान विपरित

डिसी नेपाल
१३ चैत २०८१ १६:५१

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुलमान घिसिङको विषय अदालतमा गइसकेकाले सदन अवरुद्ध गर्नु उचित नभएको बताएका छन्।

बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले अदालतमा प्रवेश गरेको बिषयलाई सदनमा उठान गर्नु संविधान विपरित भएको समेत बताएका हुन्।

प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न दिन्न भनेर विपक्षी दलले संविधान बिपरितको काम गरेको उनले बताए। उनले कुलमानका विषयमा विभागीय मन्त्री वा उपप्रधानमन्त्रीले जवाफ दिने जानकारी गराएपनि बिपक्षी दलले अस्वीकार गरेको जानकारी दिए।

विपक्षी दलको क्रियाकलाप सरकारले ल्याएको प्रतिस्थापन विधेयकलाई निष्कृय बनाउनका लगाउनका लागि उद्दत देखिएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *