कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ नआउँदा सदन चल्न दिँदैनौं : ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नसक्ने बताएका छन्।
बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले कुलमानलाई पदबाट हटाउनुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै सडक र सदनबाट आन्दोलन गरिरहेकाले जवाफ नआएसम्म सदन चल्न नसक्ने बताएका हुन्।
सरकारले गलत गर्ने र जनतालाई जवाफ दिन नसक्ने गलत प्रवृतिले निरंशुकतन्त्र देखिएको उनले बताए। शाहीले देश र जनताको विषयबस्तुको जवाफ दिनुपर्ने कर्तव्य प्रधानमन्त्रीको भएको जिकिर गरे।
उनले सरकार संसदप्रति उत्तरदायि हुने भएकाले सदनमा उठेका विषयमा जवाफ दिनुपर्ने स्पष्ट पारे।
प्रतिक्रिया
Facebook Comment