करिब १ सय ५ किलो गाँजासहित अटो चालक पक्राउ

धनकुटा । अवैध लागूऔषध गाँजा करिब १ सय ५ किलोग्रामसहित एक जना पक्राउ परेका छन्।
सहिदभूमी गाउँपालिका–१ सेती चोकबाट सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले को.१ ह ९१३३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक अभिषेकलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
Facebook Comment