पाँच वर्षमा बन्यो धौलागिरि क्याम्पसको पुस्तकालय भवन

डिसी नेपाल
१४ चैत २०८१ २३:२०

गलकोट (बागलुङ)। विसं २०७६ मा शिलान्यास गरिएको धौलागिरि बहुमुखी क्याम्पसको प्रविधिमैत्री पुस्तकालय निर्माणले यतिबेला पूर्णता पाएको छ। तीन वर्षसम्म अलपत्र जस्तै बनेको पुस्तकालय गतवर्षबाट पुनःनिर्माण थालिएको थियो।

तीन तला ढलान भएर तीन वर्षसम्म अलपत्र अवस्थामा रहेको पुस्तकालय भवन अहिले पूरा भएर सेवा प्रवाह सुरु भएको छ।

धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा सुविधा सम्पन्न प्रविधिमैत्री पुस्तकालय भवन निर्माणका लागि विसं २०७६ फागुन २९ गते शिलान्यास गरिएको थियो। शिलान्यासको दुई वर्षमै ढलान सकिएको पुस्तकालय त्यसपछि बजेट अभावका कारण अलपत्र बनेको थियो।

हाल उक्त भवन निर्माण भई सेवा दिन थालिएको धौलागिरि बुहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा सुदर्शन सिलवालले जनाए।

तत्कालीन संघीय सांसद डा सूर्य पाठकको सांसद विकास कोषअन्तर्गत रु ७० लाख लागतमा निर्माण गरिएको भवन त्रिभुवन विश्वविद्यालयको बजेटले पुस्तकालय भवन सम्पन्न भएको हो। सांसद विकास कोषको विसं २०७६ मा रु ४० लाख र विसं २०७७ मा रु ३० गरी ७० लाख रकममा भवनको बाहिरी संरचना र त्रिभुवन विश्वविद्यालयलको रु एक करोडमा सम्पन्न भएर पुस्तकालय सेवा दिन थालिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *