काठमाडौंमा दोहोरो शक्ति प्रदर्शन : ६ हजार सुरक्षाकर्मी र ८ सय ट्राफिक परिचालन

काठमाडौं। लोकतन्त्र पक्षधर र राजावादीहरुको जुलुश प्रदर्शनका लागि करिव ६ हजार सुरक्षाकर्मी र ८ सय ट्राफिक प्रहरी खटिने भएका छन्।
काठमाडौं उपत्यकामा आज हुने जुलुश प्रदर्शन र सडकमा सवारी जाम हुने भएकाले सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति हुने भएको हो। काठमाडौ उपत्यकामा आज दिनभर सडक जाम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा गणतन्त्रवादीहरू प्रदर्शन गर्दा सवारी जाम हुने प्रहरीले बताएको छ। नेपाल प्ररहीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेश आचार्यका अनुसार सबै सुरक्षा अंगका गरी करिब ६ हजार सुरक्षाकर्मी खटिन लागेका हुन्।
काठमाडौं उपत्यकामा एसपी अपिलराज बोहोराले नेतृत्व गर्नेछन्। उपत्यका प्रहरी कार्यालय रानीपोखरीले त्यसको सूक्षम अनुगनम गर्नेछ। साथै प्रहरी प्रधानकार्यालयमा रहेको मद्दती फौज पनि तैनाथ गरिएको छ।
राजावादीहरुले अपाच्य कार्य गर्नसक्ने भन्दै विमानस्थल सुरक्षा गार्डको कार्यालय र सशस्त्र प्रहरी बलको विमानस्थल कार्यालयमा मद्दती फौज लगेर राखिएको छ।
प्रदर्शनका कारण बिहानैदेखि काठमाडौंका सडकमा सवारी जाम हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले बिहानैदेखि सवारी जाम हुनसक्ने बताए। ट्राफिक व्यवस्थापनका लागि आज एक हजार ८०० ट्राफिक प्रहरी खटाइनेछ।
भृकुटीमण्डपमा गणतन्त्रवादीहरूले राति १२ बजेदेखि नै स्टेज बनाउन सुरु गरेका छन्। तीनकुनमा राजावादीहरूको प्रदर्शन गर्दैछन्। विभिन्न ठाउँबाट र्याली निकाल्ने हुँदा सवारी आवागमन असहज हुने सुरक्षा अधिकारीहरुले जनाएका छन्।
ट्राफिक प्रहरीका अनुसार, रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज हुनेछ ।एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रका सडकमा पनि सवारी आवागमन अस्तव्यस्त बन्ने ट्राफिक प्रहरीको अनुमान छ।
आवश्यकताअनुसार विभिन्न सडकबाट सवारी डाइभर्सन हुने र त्यसका लागि सबै ट्राफिक पालैपालो गरी खटिनेछन्। भृकुटीमण्डपमा ११ बजेदेखि र तीनकुनेमा १ बजेदेखि प्रदर्शन हुने तय भएको छ।
प्रहरीले दुवै पक्षलाई भेट हुन नदिने नीति अबलम्बन गरेको छ। त्यसका लागि राजावादीहरुले चक्रपथबाहिरबाट जुलुश निकाल्नेछन् भने लोकतन्त्रपक्षधहरुले शहरभित्रबाट जुलुश निकाल्नेछन्।
प्रर्दशनस्थलसम्म पुग्नका लागि पनि छुट्टाछुट्टै रुटको प्रयोग गराइने भएको छ। दुई टोली भेट हुन नदिनका लागि समाजवादी मोर्चाको रिङरोडभित्रबाट र्याली सुरु तय भएको छ। ४ दलका सबैतिरका र्याली रिङरोडभित्रबाट सुरु भएर प्रदर्शनीमार्गमा पुग्ने छन्।
हरेक टोलीलाई प्रहरीले एस्कोर्टिङसहित कार्यक्रमस्थलसम्म पुर्याउने छ। दुई टोली भेट हुन नदिनका लागि गस्ती र पेट्रोलिङ बढाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले बताए । ‘प्रहरीले दुवै पक्षलाई एस्कोर्ट गर्नेछ’, उनले भने।
Facebook Comment