मोर्चाको जुलुसमा वक्ता सूचीमा अटेनन् झलनाथ, र्‍यालीमा नजाने

डिसी नेपाल
१५ चैत २०८१ १२:३०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाको सभामा सहभागी नहुने बताएका छन्। सभालाई सम्बोधन गर्ने सूचीमा आफ्नो नाम समावेश नगरिएको भन्दै उनले कार्यक्रममा सहभागी नहुने बताएका हुन्।

‘र्‍याली र सभालाई मेरो समर्थन छ। स्वार्थ्यका कारण म र्‍यालीमा सहभागी हुन सक्दैन। बक्तामा मेरो नाम छैन। त्यसैले म र्‍याली र सभामा सहभागी हुँदैन’, उनले भने।

सभामा चार पार्टीका अध्यक्षले मात्र सम्बोधन गर्ने कार्यसूची छ। समाजवादी मोर्चाको सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा महासचिव विप्लव र नेसपाका अध्यक्ष महिन्द्रराय यादवले सम्बोधन गर्दै छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *