तीनकुनेको घरमा आगजनीको दोषी को ?

डिसी नेपाल
१५ चैत २०८१ १४:५९

काठमाडौं । तीनकुनेमा राजावादीहरूको कार्यक्रम बिथोलिएपछि त्यहाँ रहेको एक निजी घरमा आगजनी भएको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप चलिरहेका बेला घरमा आगजनी भएको हो ।

प्रदर्शनकारीले उक्त घरमा प्रहरीलाई संरक्षण दिएर आफूहरूमाथि प्रहरी दमनलाई सघाएको भन्दै उक्त घरमा तोडफोड गरेका थिए । उनीहरूले घरबाट कुर्सी र कागजपत्र पनि बाहिर निकालेर जलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रदर्शनकारीले बाहिर कुर्सी, कागजपत्र र टायरसमेत जलाएका थिए । सोही आगोबाट घरमा आगो सल्किएको हुन सक्ने अनुमान छ । घरलाई नै लक्षित गरेर प्रदर्शनकारीले आगो लगाएका हुन् वा बाहिरको आगो सल्किएको हो भन्ने स्पष्ट छैन ।

प्रहरीले प्रदर्शनकारीमाथि आक्रमण गर्न उक्त घरलाई सेल्टरको रूपमा प्रयोग गरेको आरोप छ । प्रदर्शनकारीमाथि दमन गर्न प्रहरीले उक्त घरलाई प्रयोग गरेपछि प्रदर्शनकारीको जवाफी प्रतिक्रियामा घरमाथि आक्रमण भएको प्रदर्शनकारीहरूको दाबी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *