दुई महिलाको शव फेला

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१४ चतुरे बस्ने ४० वर्षीया बेली तामाङ आफनै घर नजिकै बाटो छेउमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।
पर्साको वीरगंज महानगरपालिका-४ बिर्ता टोल डेरा गरी बस्ने सोही महानगरपालिका-९ घर भएकी ७६ वर्षीया विष्णु माया गुरूङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया
Facebook Comment