काठमाडौंको कुन-कुन ठाउँमा लाग्यो कर्फ्यू?

डिसी नेपाल
१५ चैत २०८१ १७:०७

काठमाडौंं। काठमाडौंको तीनकुने क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता अशोक कुमार भण्डारीले शुक्रबार) दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए।

प्रशासनले काठमाडौंको गौशालादेखि एअरपोर्ट, गैरीधारा तीनकुने हुँदै कोटेश्वरसम्म र कोटेश्वरदेखि जडिबुटीपुलसम्म कर्फ्यूको क्षेत्र निर्धारण गरेको छ। यसैगरी, कोटेश्वरबाट बालकुमारी पुलसम्म र बानेश्वर चोकदेखि शंखमुल चोकसम्म पनि कर्फ्यू लागेको छ। साथै गौशाला चोकदेखि पुरानो वानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि स्थानीय प्रशासनले कर्फ्यू लगाउने आदेश दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *