मुलुक प्रतिगमनतिर जाँदैन : माधव नेपाल

डिसी नेपाल
१५ चैत २०८१ १८:०३

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुक प्रतिगमनको दिशातर्फ जान नसक्ने बताएका छन्।

समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुक प्रतिगमनको दिशातर्फ जान नसक्ने र जनतालाई लुट्न र चुस्न कसैले प्रयत्न गरे सफल हुन नदिने बताएका हुन्।

उनले अहिले जनता सचेत भएको भन्दै कसैको दासता स्वीकार गर्ने पक्षमा नरहेको धारणा राखे। उनले देशमा जनताको धेरै असन्तुष्टि र गुनासो भएपछि प्रधानमन्त्रीलाई कुर्सीको मात्रै चिन्ता भएको बताए। वर्तमान सरकारले जनताको भावना बुझ्न नसकेका कारण अहिलेको अवस्था देखिएको उनले बताए।

त्यस्तै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकको अहिलेको व्यवस्थाबिरुद्ध सामन्ती तत्वहरूले षड्यन्त्र गरिरहेको भन्दै अग्रगमन कि पश्चगमन भनेर रोज्ने बेला आएको बताए। उनले गणतन्त्रवादीले पनि आफ्ना कमी कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने उल्लेख गरे।

उनले समाजवादले मात्रै देशका सवै समस्या समाधान हुने जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *