आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

डिसी नेपाल
१६ चैत २०८१ ६:३९

काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ। हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुनाका साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी र गण्डकीको पहाडी भूभागको एक-दुई स्थानमा चट्याङ सहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *