तीनकुने क्षेत्रमा हटाइयो कर्फ्यू

डिसी नेपाल
१६ चैत २०८१ ७:५३

काठमाडौं। काठमाडौंको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यू हटाइएको छ। अहिले बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि शुक्रबार दिउँसाेदेखि ७ बजेसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको थियो।

७ बजेसम्म जारी कर्फ्यू थप गरी आज बिहानसम्म पुर्‍याइएको थियो। अहिले ७ बजेबाट कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा लगाइएको कर्फ्यू हटाइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *