राजावादीले क्षति पुर्‍याएको तीनकुने क्षेत्रमा अनुगमनमा जाँदै गृहमन्त्री

डिसी नेपाल
१६ चैत २०८१ ९:०६

काठमाडौं। गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्‍याएको तीनकुने क्षेत्रको अनुगमन गर्ने भएका छन्।

मन्त्री लेखक अहिले बिहान ९ बजे अनुगमनका लागि त्यस क्षेत्रमा जान लागेका हुन्। शुक्रबार राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने तीनकुने लगायत आसपासका क्षेत्रमा कयौं घरहरू तोडफोड गरेका छन्।

केही मलहरूमा लुटपाट गरेका छन्। सरकारी र निजी गाडीहरुमा तोडफोडका साथै आगजनी गरेका छन्। जडीबुढी कम्पनीमा आगो लगाइदिएका छन्। त्यस क्षेत्रमा आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाइएको थियो। अहिले स्थगित गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *