तोडफोड गरिएको नेकपा एसको कार्यलयमा जुटे समाजवादी मोर्चाका नेता

डिसी नेपाल
१६ चैत २०८१ १०:२१

काठमाडौं । शनिबार समाजवादी मोर्चाको बैठकका लागि नेताहरू नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेला भएका छन्।

उनीहरूले सो क्रममा नेकपा एसको कार्यालयमा हिजो राजावादी समूहले गरेको आगजनी र तोडफोडको अनुगमन पनि गरेका छन्।

बैठकमा समाजवादी मोर्चाले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा गरेको सभा, राजावादी समूहले गरेको आगजनी र तोडफोडलगायतका विषयमा छलफल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *