सुदूरपश्चिमका वनमन्त्रीले दिए राजीनामा

डिसी नेपाल
१६ चैत २०८१ ११:०९

धनगढी । विवादमा फसेपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्।

नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका हुन्।

मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चौधरीले अडियो भदौ महिनातिरको भएको बताएका छन्। ‘केही काठ व्यवसायी र पार्टीका व्यक्ति छलफलमा थिए। भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरूसँग छलफल गरेको हुँ। तर, मेरो नियत गलत थिएन,’ उनले भनेका छन्।

सार्वजनिक अडियोमा दीगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि आइतबार पारित गर्ने बताएका मन्त्रीले २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएको सुनिएको छ । तर, मन्त्री चौधरीले उक्त कार्यविधि अहिलेसम्म पारित नभएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *