तीनकुने पुगेर गृहमन्त्रीले भने- राजावादीको प्रदर्शन अपराधिक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते पूर्वराजावादी समर्थकबाट आगजनी भएका भवनको अनुगमन गरेका छन्। शनिबार उनले आगजनी भएका भवनको स्थलगत अनुगमन गरेका हुन्।
सोही क्रममा गृहमन्त्री लेखकले उक्त घटना कुनै राजनीतिक दर्शनभन्दा पनि अपराधिक काम भएको भन्दै यसको लागि सरकारले आवश्यक कारबाही गर्ने बताए।
सञ्चार गृहलगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि पनि कुनै कसर बाँकी नराख्ने उनको भनाई छ।
उनले भने, ‘तपाईहरूलाई दुःख र पीडा भयो यो एकदमै अपराधिक काम हो। यो कुनै राजनीतिक कुरा होइन, राजनीतिक दर्शन, चेतनाको कुरा होइन, नितान्त अपराधिक काम हो। यसको लागि सरकारले आवश्यक कारबाही गर्छ र सञ्चार गृहलगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि कुनै कसर बाँकी राख्दैनौं।’
यस्तै, उनले सञ्चार एउटा महत्वपूर्ण अंग भएको हुँदा यसलाई ध्वस्त गर्ने कोशिस लोकतन्त्र कै विरुद्धको गतिविधि भएको भन्दै यसलाई गम्भिरता पूर्वक लिने बताए।
Facebook Comment