सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक शेयर बिक्री खुला

डिसी नेपाल
१७ चैत २०८१ ८:१५

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिटिडेले सर्वसाधरणका लागि आजदेखी शेयर लिलाम बिक्री खुला गरेको छ । बैंकले ४० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले पनि खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

सो शेयर खरिदकर्ताले आज चैत १७ गतेदेखि चैत २६ गते भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ। शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। इच्छुक खरिकर्ताले कम्तिमा १०० कित्ता र बढीमा १० को गुणाङ्कमा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बोलपत्र काठमाडौंको डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको कार्यालयमा पाइने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *