कविता : भो अब देश फर्कन्न !

आजकल दिनहुँ
देशमा तन्त्र र मन्त्रका नाममा
भाइ भाइको हत्या, द्वन्द्व चल्दै छ
राणा, शाह हुँदै गण सम्म आउँदा
जनताले के पाए?
उही महँगी भष्ट्राचार र अराजकता
अनि केका लागि देशमा रहूँ
हिंसाको वैधानिकता
देख्दै भोग्दै गरेका हामी
के आस र भरोसामा रहने
भो अब देश फर्कन्न!
परदेश बस्यो घरदेश सोच्यो
अनि घरदेश बस्यो परदेश जाने बाध्यता
तसर्थ,
आजकल परदेसनै घरदेश लाग्दो रै छ।
आखिर के पाउन सभा र आन्दोलन
गर्दै हिँड्ने?
फगत क्रान्ति र वाद चाएको
छैन, मात्र सुखी/ खुसी र
सुशासन
चाहेको हो।
कति दशक या युग कुर्नु पर्ने हो
ब्यबस्था अवस्था
परिबर्तनका लागि
भो अब देश फ़र्कन्न !
अझै कति रक्तपातको
दुर्दसा गराउँछौ हो
माननीयहरु ?
घरको मूली ख़राब भए पछि
घर घर जस्तो हुन्न भने झै!
केही त सोच
बिचार गर
बिरोधका लागि बिरोध नगर
आफूले आफूलाई प्रश्न गर्नु छ
के देश बिचौलियाले चलाएको हो र?
भो अब युद्धको बिगुल बजाउन
बन्द गर।
अब यस्ता खालका हिंसाको अन्त्य
चाहन्छ परदेश बस्ने हामी नेपाली!
Facebook Comment