दुर्गा प्रसाईंले भने-म भागेको छैन

काठमाडौं। संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईं आफू फरार नबनेको दाबी गरेका छन्। आफूलाई हत्या गर्न खोजिएको थाहा पाएपछि काठमाडौंकै एउटा मन्दिरमा सुरक्षित बसेको आफू सुरक्षित बसेको उनको भनाइ छ।
‘म सुरक्षित ठाउँमा बसेको छु। म भाग्नलाई जन्मिएको होइन,’ उनले एक भिडियो सन्देशमा भनेका छन्।
प्रसाईंले भनेका छन्, ‘मेरो कानको छेवैबाट गोली गयो। मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो, मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ।’ उनले आफूहरुले चैत्र १५ गतेको कार्यक्रम जनविद्रोह भएको बताए।
कार्यक्रम भएको दिनको विहानैदेखि युवा संघका केही व्यक्तिहरु र प्रहरी प्रशासनका केही व्यक्तिहरु सिभिल ड्रेसमा हातहतियारसहित निजी घरमा पुगेर घटना घटाएको आरोप लगाएका छन्।
उनले आन्दोलन सफल हुने भए पछि नेकपा एमाले निकट युवा संघ र राज्य संयन्त्र मिलेर आन्दोलन तुहाउन हिंसाको सहारा लिएको आरोप लगाएका छन्।
आफूलाई समेत मार्ने योजना बनाएको भन्दै उनले आन्दोलन नरोकिने जनाएका छन्।
उनको भनाइ यस्तो छ
चैत १५ गते बिहानैदेखि विभिन्न भेषभुषामा युवा संघका केही व्यक्ति, पुलिस प्रशासनका केही व्यक्ति सिभिल डेसमा हतियारसहित अर्काको घरमा चढेर बसेका रहेछन् । हामी डेढ बजे कार्यक्रमस्थल पुग्नुभन्दा १५ मिनेट अगाडिदेखि नै स्टेज पुग्न नदिइकन बाटोबाट गोली र टियरग्याँस हान्न थाले । मलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेका थिए। स्टेज छेउमा पुग्दा मेरो कानको छेउबाटै गोली गयो । अर्को कुरा मेरै गाडीमा टियरग्याँस खसेपछि मलाई मार्नेरहेछन् भन्ने बुझेर अरु उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको हुँ ।
माओवादीको सभामा ३ हजार मान्छे आए, हाम्रा मान्छे बढी हुन्छन् भनेर कलंकी, गौशाला, बसपार्कको मास आउन दिएनन् । जुलुस बाटोबाटोमा रोकेर १५ मिनेट अगाडिदेखि रणभूमि बनाए । म सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेर भित्र पसेको हो । प्रहरीप्रति दुश्मनी होइन। पर्न गएको चोटमा क्षमा चाहन्छु ।
दुर्गा प्रसाईं टाढा छैन। १२ भाइ मिडिया हात धोएर लाग्या छन्। म भागेको छैन, भाग्दिनँ। पुलिस र प्रशासनले मलाई खोज्नुपर्दैन। मलाई गोञ्जालो बनाएर दबाउन खोजिएको छ। त्यसैले सुरक्षितमात्रै बसेको हो। प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको हुँ। म भाग्दिनँ। बरु तपाईंहरुकै अगाडि मर्छु।
Facebook Comment