चोरीका गहनासहित चार जना पक्राउ

डिसी नेपाल
१७ चैत २०८१ २३:४२

कञ्चनपुर । कञ्चनपुरमा सुनका गहना चोरी गर्ने ४ जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–७ हल्दुखालका केशबसिंह महराको घरबाट सुनका गरगहना चोरी गर्ने ४ जनालाइ कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

यहीँ चैत्र १२ गते केशबसिंह महराको घरबाट छड्के तिलहरी १ थान, मंगलसुत्र ३ थान, काँटा २ थान,नागिन माला १ थान, सुनको चन्द्रमा १ थान, गलोबन्द १ थान, कानमा लगाउने झुम्का थान २ चाँदीको औंठी १ थान लगायतका गहना चोरी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उक्त चोरीमा संलग्न कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ३० वर्षीय राहुल चन्द, सोही ठाउँका २६ वर्षीय अमित खत्री, २१ वर्षीय चक्र सुनार र १८ वर्षीय महेन्द्र नायकलाइ प्रहरीले पक्राउ गरेको छ। साथै उक्त चोरीका गहना खरिद गर्ने निङ्लासैनी सुनचाँदी पसलका सञ्चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने ३५ वर्षीय नविन पौडेल र सोही ठाउँकी ३२ वर्षीया इसा पौडेललाइ पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ परेकाहरुमाथी जिल्ला अदालत कञ्चनपुरबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *