आज सार्वजनिक विदा, सेयर बजारसहित बैंक–वित्तीय संस्था पनि बन्द हुने

डिसी नेपाल
१८ चैत २०८१ ८:०३

काठमाडौं । सरकारले आज सोमबार (चैत १८ गते) सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

अब सेयर बजार चैत १९ गते मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था र सरकारी कार्यालयहरु पनि चैत १९ गते नै नियमित समयमा सञ्चालनमा आउनेछन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *