समाजवादी मोर्चाको बैठक जारी

काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी रहेको छ । बैठक नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ।
बैठकमा संविधान, गणतन्त्र र संघीयताविरूद्ध राजावादी शक्तिहरू चलमलाएको भएको लगायतका विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।
गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा ध्वंसात्मक प्रदर्शन गर्दा दुई जनाको ज्यान गएको थियो।
यस्तै एकीकृत समाजवादीको कार्यालयसँगै केही निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगलागी पनि भएको थियो ।
प्रतिक्रिया
Facebook Comment