तीनकुने घटनाको सुप्रिम कमाण्डर ज्ञानेन्द शाह हुन्ः माधव नेपाल

डिसी नेपाल
१८ चैत २०८१ १७:२३

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीनकुने घटनाको सुप्रिम कमाण्डर पूर्वराजा ज्ञानेन्द्र शाह भएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले दुर्गा प्रसाईँलाई एक दिनको कमाण्डर बनाएर आफु सुप्रिम कमाण्डर बन्ने ज्ञानेन्द्र शाहले सबै घटनाको जिम्मेवारी लिनुपर्ने समेत बताए। उनले काठमाडौं महानगरले गरेको जरिवाना ज्ञानेन्द्र शाहले तिर्नुपर्ने उल्लेख गरे।

उनले पूर्वराजालाई ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर बालेनले हिम्मत देखाएको बताए। आफ्नो पार्टी कार्यालयमा आगजनी गरेर राजावादीले उदण्डता प्रदर्शन गरेपनि समयमा नै प्रहरी पुराउन नसक्नु सरकारको कमजोरी रहेको उनको भनाइ छ।

शुक्रबारको घटनामा संलग्न सबैलाई कारबाही गर्न सरकारले आँट र हिम्मत देखाउनुपर्ने उनले बताए। उनले उक्त घटनाले राजावादीको चरित्र नाङ्गो रुपमा प्रस्तुत भएको जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *