ओली र मोदीको भेटमा भारत भ्रमणको विषयमा छलफल हुने

डिसी नेपाल
२१ चैत २०८१ १०:४१

काठमाडौं। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा छलफल हुने भएको छ।

सम्भवतः शुक्रबार हुने दुई प्रधानमन्त्रीबीचको साइडलाइन भेटवार्तमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। सो भेटमा प्रधानमन्त्री ओलीको भारत भ्रमण यही अप्रिल महिनाको अन्तिममा गराउने विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री ओलीले यसअघि भारत भ्रमणका लागि गरेका पहल सफल भइनरहेको अवस्थामा दुई देशका प्रधानमन्त्रीबीच हुने साइडलाइन भेटवार्तामा प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय हुने स्रोतले जनाएको छ।

स्रोतका अनुसार नेपालकातर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिइने छ। तर, मोदीको नेपाल भ्रमण भन्दा अगाडि नै प्रधानमन्त्री ओलीको भारत भम्रण हुने बताइउको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *