प्रशासकीय अधिकृतलाई रोक्न काठमाडौंका मेयरद्वारा नगर प्रहरी परिचालन, कर्मचारी स्वागत गर्न गेटमा

डिसी नेपाल
२१ चैत २०८१ ११:१७

काठमाडौं। संघीय सरकारले काठमाडौं महानगरपालिकामा प्रशासकीय अधिकृतका रुपमा सरोजप्रसाद गुरागाईलाई नै निरन्तरता दिन पठाएअनुसार गुरागाई आज कार्यालयमा हाजिर हुन जाने तयारी गरेपछि उनलाई रोक्न मेयर बालेन शाहले नगर प्रहरी परिचालन गरेका छन् ।

नगरपालिकाका कर्मचारीहरु भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई स्वागत गर्न गेटमा जम्मा भएपछि महानगरको नेतृत्व र कर्मचारीबीच टकरावको स्थिति देखिएको छ । वडाध्यक्षहरु समेत कर्मचारीहरुसँगै गुरागाईलाई स्वागत गर्न गेटमा बसेका छन् ।

५ महिनादेखि तलब नपाएको र काम रोकिएको भन्दै महानगरका कर्मचारीले नै प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई हाजिर गराउने तयारी गरेका थिए । तर, मेयरले उनलाई रोक्न नगर प्रहरी परिचालन गरेपछि महानगरको कार्यालय परिसरमा तनावको स्थिति सृजना भएको छ ।

काठमाडौंको पुरानो बसपार्क क्षेत्रमा निर्माणाधीन काठमाडौं टावरको नक्सा पास गर्दा अनियमितता गरेको आरोप लगाउँदै मेयरले अधिकृत गुरागाईलाई कारवाही सिफारिस गरेका थिए । तर, उनीमाथिको आरोप पु्ष्टि नभएको भन्दै संघीय सरकारको सामान्य प्रशासन मन्त्रालयले उनैलाई निरन्तरता दिन भनेपछि बालेन उनलाई कार्यालयमा निरन्तरता दिन तयार नभएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *