शंकरप्रसाद रिजालका दुई कविता

सुतेको मन
लाख सूर्य उदाउँन् या लाख तराहरु तिल्मिलाउन्
जब मननै सुतेको छ भने ती सबै अन्धकार हुन्
चित्कारै छोडेपनि त्यो मन तबसम्म फर्किँदैन
सुतेको मन फेरि त्यो जबसम्म ब्युझिँदैन।
संसारमा अरु जे भएपनि त्यो मन तब आउँदैन
त्यो आउने कुरै छैन जबसम्म हाँसो उब्जिँदैन
जीवन जन्म मृत्युको बीच हो अगाडि या पछाडि
सुरुमै हुर्किइ फल्दै फुल्दै पुग्ने मृत्युको अगाडि।
उठेको मन सबै हेर त्यो कति जुर्मुराउँछ
उडेका चरालाई पनि उडी समाती ल्याउँछ
नपुगी चन्द्रमा नै समातीपनि ओराल्न खोज्दछ
मन त्यो आकासको तारा चुम्नपनि सक्दछ।
जागेका मन ती सारा चन्द्रमा खोजी हिँड्दछ
ऊर्जा मनका ती सारा चन्द्र सूर्य उदाउँछ
सारा तनका ती प्यास मनैले चित्त बुझाउँछ
मनको आशिकितामा झल्ल श्रीपेच पहिर्याउँछ।
सुतेको मनको रुप मुख पर्दाले खुलाउँछ
उठेको मनको रुप खुलेको आकास दर्साउँछ
लाखौँ सूर्य हाँसेपनि जब मन सुती बस्तछ
मनका नौलाख उर्जा कता कता हराउँछ।
सुतेको मन यो सबको भित्रैदेखि सुत्दछ
ध्यानको मस्त निन्द्रामा अदृश्य बनी बस्तछ
न प्रेम छ त्यो मनमा त्यो आफैं अप्रिय छ
प्रेमको मस्त मुद्रामा सबै बासना अतृप्त छ।
सुतेको मनको बाग जब त्यो जुर्मुराउँछ
सारा जीवनको आहार उसले पूर्ण गराउँछ
भोग गर्दछ जीवनको सारा इच्छा पूरा गरी
आखिर सबैकुरा छाडी सुत्छ चीर निद्रा परेसरी।
सुताउ मनको पापको राप सुकर्म गरिकन
जलाउ प्रेमको दियो सधैं बल्ने गरिकन
नभाग जीवनमा कहिले प्रेमको रस पीइकन
नबस कहिले जीवनमा सुतेको मन लिइकन।
उठेको यो मनलाई नसुताउ कुनै दिन
आखिर सुत्नु छ महानिद्रामा एकदिन
जगाउ मनमा प्रेम यही हो मनको सार
दृष्टिमा नै सबै थोक यसैमा छ संसार।
हेर सुतेको मनको सुगा सपनामा उ फिर्दछ
उठेको भित्रको आत्मा सधैं बिपनामा उ बस्तछ
एकमा छैन केही मूल्य जति छ त्यो शून्यमा
शून्यमा होस् त्यो खुल्छ बेहोसी यो मनमहाँ।
सुतेको मनको बाग कताकता हराउँछ
उठेको स्यालको मनले उसलाई बिउझाउँछ
हेर मन कस्तो छ स्यालले बाग तर्साउँछ
बलियो भएर के गर्नु सुतेको मन त्यसै डराउँछ।
ज्वारभाटा
ज्वारभाटा उठेको छ मनमा तरंग बढेको छ
भित्र छाती पोलेको छ जिउमा आगो लागेको छ
गणतन्त्र छटपटाएको छ, राजसंस्था मौलाएको छ
थाहा छैन नेपालमा अब के आउन लागेको छ।
देशको गरीमा बढेको छैन झन् सानो बनेको छ
गणतन्त्र र लोकतन्त्रले देश झन् झन् रोएको छ
देशका नेताहरु सत्ता झिना झपटिमा लागेका छन्
अलल्य सम्पत्ति कमाई ठूला महलमा बसेका छन्।
गणतन्त्र आएको बीस बर्ष भयो तैपनि तन्त्रमै अल्मलियो
नेताहरु आआफ्नो झुण्ड बोकी एकले अर्कोलाई दुत्कार्ने भयो
पुराना नेताहरुका दाँत फुक्लिसके, कपाल फुलेर कुप्री सके
एक हुटिट्याउँले आकास थाम्न खोजे जस्तो अपत्यारिलो छ
साराको मनमा आज आगो बलेको छ ज्वारभाटा उठेको छ।
देशमा अन्याय बढेको छ भ्रष्टाचारको चुली बढेको छ
सापटीमा ल्याएको गणतन्त्र आज फिर्ता हुन लागेको छ
मरुभूमिमा पानी परेर के गर्नु, जहाँ पानी रोकिँदैन भने
प्रकृति सुन्दर छ त के, जहाँ प्रकृतिको दोहन हुन्छ भने।
मानिस भएर के गर्नु, तर्क र बिचारको ज्वारभाटा उठेको छ
देश लोकतन्त्र भएर के गर्नु, देश अशान्त बनेको छ
यो देश सुन्दर भएर के गर्नु, सबै तहसनहस भै भताभुंग छ
जनताले लोकतन्त्र पाएर केगर्नु, मनभित्र ज्वारभाटा उठेको छ।
सुन्दर लोकतन्त्र भएर के गर्नु, जब देशका नेता बद्नाम छन्
गणतन्त्र सुन्दर छ त के गर्नु, शासक सबै अलोकतान्त्रिक छन्
जनता खुस्बुदार भएर के गर्नु, शासकहरु गनाउने भएका छन्
जनता राजाको खोजीमा राष्ट्रिय झण्डा बोकी हिँडेका छन्।
सुन्दर देश सुन्दर तन्त्र भएर के गर्नु नेता बदलिएका छैनन्
लोकतन्त्र भएर के गर्नु, शासकहरु बदलिन सकेका छैनन्
समुद्र नभएर केगर्नु, देशको भूमिमा ज्वारभाटा उठेको छ
सम्पूर्ण युवा शक्तिमा आन्दोलनको ज्वालामुखी उठेको छ।
देशले नविन नेताहरु र परिमार्जित व्यवस्था खोजेको छ
आन्दोलन उत्सर्गमा गइ अशान्तको ज्वारभाटा बढेको छ
पानीको फोहरा, जलिरहेका घरहरुले आगो ओकली रहेको छ
देश प्रेमी युवाको मैदानमा ज्वारभाटा उठिरहेको छ।
सरकार आन्दोलनलाई बालकको खेल सम्झिरहेको छ
गणतन्त्रको उपहास र, बिचारको खिल्ली उडाइएको छ
प्रजातन्त्र रोई रहेको छ, जनता अन्यौलमा परेका छन्
खै, गणतन्त्र खै? लोकतन्त्र चिन्न गाह्रो भएको छ।
गणतन्त्र अंग्रेजको टाई होकी, सुटपेन्ट हो या श्रृंगार
यहाँ कस्तो ब्यबस्था आयो, यो बुझ्न गाह्रो छ
गणतन्त्रका नेताहरुको बोलीमा संगीनता छाएको छ
प्रत्येक नेताहरुको बोलीमा बन्दुकको छर्रा उडेको छ।
यहाँ बैमनश्यताको ज्वारभाटा उठेको छ
पूर्व ग्रहको छालको ज्वारभाटा बढेको छ
लोकतन्त्र गणतन्त्रमा ठाडो चिरा परेको छ
पल्ला भारी भएको छ कित्ता काटिएको छ।
यहाँ गणतन्त्र लोकतन्त्र दुब्लाएको छ
राजसंस्थाले फेरि गर्भ धारण गरेको छ
देशमा उलट पुलट हुन लागेको छ
नेपालमा अब नयाँ सूर्य उदाउने हो कि।
या पुरानो सूर्य अस्ताउने हो थाहा छैन
राजनीतिमा सुनामी भने अवश्य आएको छ
थाह छैन यो कसरी आउनेछ ज्वारभाटा बनी
आउनेछ या सुनामी बनी आउनेछ।
आजको संसार ध्रुवीकरणमा गएको छ
युद्धको सुनामी आउने जस्तो छ
अब ब्यापार युद्धपनि चर्किने जस्तो छ
आकाश च्यातिने जस्तो छ।
अब चन्द्रमाले आगो उकेल्ला जस्तो छ
शान्त र शितलता अब हराए जस्तो छ
अशान्त बेचैन मनमा सूर्य फुटेको छ
प्रत्येकको मनमा ज्वारभाटा उठेको छ।
Facebook Comment