संवेधानिक अदालतको सर्वसम्मत फैसलाले दक्षिण कोरियाका राष्ट्रपति बर्खास्त

डिसी नेपाल
२२ चैत २०८१ १०:५३

काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले शुक्रबार राष्ट्रपति युन सुक-योललाई आधिकारिक रूपमा उनको पदबाट हटाएको छ। अदालतले सर्वसम्मतिले यो निर्णय दिएको हो। कोरियामा आगामी २ महिनामा राष्ट्रपतिको चुनाव हुँदैछ।

योलले डिसेम्बर ३ मा देशमा मार्शल ल (संकटकाल) घोषणा गरे। साथै, सेना र प्रहरी अधिकारीहरूलाई देशको संसद (राष्ट्रिय सभा) मा पठाइयो।

यसपछि, डिसेम्बर १४ मा राष्ट्रिय सभाले राष्ट्रपति विरुद्ध महाभियोग प्रस्ताव पारित गर्‍यो र उनलाई पदबाट हटाइयो। प्रस्तावमा योलमाथि संविधान र अन्य कानूनहरूको उल्लंघन गरेको, व्यवस्थापिकाको स्वतन्त्रतामाथि आक्रमण गरेको र देशको शान्ति खलबल्याएको आरोप लगाइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *