चितवनमा सेरेस र नामी ईभीहरूको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

चितवन। नेपालमा सेरेस र नामी इलेक्ट्रिक सवारी साधनहरूको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले भरतपुरको सीएमटी रिसोर्टमा आफ्नो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गरेको छ। यो कार्यक्रमले ग्राहकहरूलाई विद्युतीय गतिशीलतामा भएका नवीनतम प्रगतिहरूबारे बुझ्ने रोमाञ्चक अवसर प्रदान गर्नेछ। साथै, विशेष अफरको रूपमा कार्यक्रम अवधिभर सेरेस र नामी ईभी खरिद गर्ने ग्राहकहरूले निःशुल्क ७ किलोवाट चार्जर प्राप्त गर्नेछन्।
ग्राहकहरूलाई थप लाभ स्वरूप एमएडब्ल्यू वृद्धिले नामी र सेरेस खरिद गरी विद्युतीय गतिशीलताको अर्को पुस्तामा स्तरोन्नति गर्ने ग्राहकहरूलाई असाधारण विनिमय मूल्य र विशेष बोनसहरू पनि प्रदान गर्नेछ।
सहभागीहरूलाई प्रत्येक टेस्ट ड्राइभ र सवारी मूल्यांकनका लागि रोमाञ्चक उपहारहरू प्रदान गरिनेछ जुन सबैका लागि एक अविस्मरणीय अनुभव हुने पक्का छ। कार्यक्रममा सुविधाजनक अन-द-स्पट फाइनान्सिङ विकल्पहरू पनि रहेका छन् जसले ग्राहकहरूलाई सुलभ ब्याजदरमा नयाँ सेरेस वा नामी ईभीहरू किनेर घर लैजान सघाउने छ।
सबैका लागि उपयुक्त र रमाइलो वातावरणमा सहभागीहरूले खानाका स्टलहरूबाट विभिन्न स्वादिष्ट परिकारहरूको आनन्द लिँदै नवीन, सुविधासम्पन्न विद्युतीय सवारी साधनहरूको रोमाञ्चक परीक्षण ड्राइभ पनि गर्न सक्नेछन्।
Facebook Comment