एनएसएल फुटबलः चितवनको लगातार दोस्रो जित

डिसी नेपाल
२२ चैत २०८१ २१:२७

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा एफसी चितवनले लगातार दोस्रो जित हात पारेको छ।

दशरथ रंगशालामा आज भएको खेलमा चितवनले बुटवल लुम्बिनी एफसीमाथि १–० को जित निकाल्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो। यसअघि भएको पहिलो खेलमा चितवनले पोखरा थन्डर्सलाई २-० ले पराजित गरेको थियो।

चितवनको जितमा टोरिक जेब्रिनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक सावित भयो।

जितसँगै चितवनले दुई खेलबाट ६ अंक बनाएको छ। यता तीन खेलमा बुटवलको भने एक अंक मात्र छ। बुटवल पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा धनगढी एफसीसँग ४-१ गोल अन्तरले हारेको थियो।

उक्त प्रतियोगिताअन्तर्गत शनिबार दुई खेल हुनेछन्। पहिलो खेल पोखरा थन्डर्स र काठमाडौं रेजर्सबीच हुनेछ। दोस्रो खेल धनगढी एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *