खाइराइडका समीक्षक विद्यार्थीहरू पुरस्कृत

भोजपुर। राजेन्द्र कार्कीद्वारा लिखित र फित्कौली अनलाइन मिडियाद्वारा प्रकाशित खाइराइड हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहका समीक्षक विद्यार्थीहरू पुरस्कृत भएका छन्।
भोजपुर नगरपालिका-३, दावाँमा अवस्थित सिद्धेश्वर माध्यमिक विद्यालयको कक्षा ११ मा अतिरिक्त पाठ्यक्रम अन्तर्गत समावेश गरी गत मंसिर महिनादेखि खाइराइडको पठनपाठन सुरु गरिएको थियो भने उक्त सङ्ग्रहको अध्ययन पश्चात शिक्षकको निर्देशनमा रही विद्यार्थीहरूलाई समीक्षा लेखनमा पनि सरिक गराइएको थियो। समीक्षा लेखनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई कृष्ण- लक्ष्मी, लक्ष्मी स्मृति प्रतिष्ठानद्वारा विद्यालयका विद्यार्थी एबं शि
क्षक- कर्मचारीलाई ट्याक सुट वितरणको अवसर पारी नेपाल सरकारका पूर्व परराष्ट्र सचिव एबं संयुक्त राष्ट्रसङ्घका पूर्व स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई , जिल्ला समन्वय समिति, भोजपुरका प्रमुख कमल थुलुङ राई , वि. व्य. स. का अध्यक्ष ज्ञानबहनदुर बस्नेत र दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठद्वारा नगद पुरस्कार प्रदान गरिएको थियो।
यस्तो कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मक क्षमताको विकास हुनुका साथै अरूका कृतिमाथि आफ्नो दृष्टिकोण राख्ने क्षमताको पनि विकास हुने कार्यक्रमका विशिष्ट अतिथि नेपाल सरकारका पूर्व सचिव दुर्गाप्रसाद भट्टराईले बताए।
Facebook Comment