सवारी दुर्घटनामा तीन जनाको मृत्यु

डिसी नेपाल
२३ चैत २०८१ ११:३३

काठमाडौं। देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।

मोरङको रतुवामाई नगरपालिका-६ त्रिभुवन चोकस्थित सडकमा को. ९ प ७२९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ कल्याणपुर बस्ने ४२ वर्षीय सोम टुडु र मोटरसाइकलमा सवार उनकै श्रीमती ३५ वर्षीया वामनी हेमरमको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

बैतडीको दशरथचन्द नगरपालिका-११ स्थित सडकमा बि-एसी ५६५९ नम्बरको बोलेरो जिप अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा जिपमा सवार पंचेश्वर गाउँपालिका-५ बस्ने ५४ वर्षीय चंचले दयालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सप्तरीको बोदेबर्साइन नगरपालिका-५ जाजरस्थित सडकमा मधेश प्रदेश ०१-००४ प ८३३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक डाक्नेश्वरी नगरपालिका-५ पातो बस्ने ३१ वर्षीय ओम प्रकाश चौधरीको मृत्यु भएको छ। दुर्घटनमा गम्भीर घाइते भएका उनको जिवन ज्योती अस्पताल बोदेबर्साइनमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *