निखिलको अभिनयमा ‘बाह्रै महिना, बाह्रै तारिका’ सार्वजनिक

काठमाडौं । रवि ओडको स्वरमा रहेको गीत ‘बाह्रै महिना, बाह्रै तारिका’ सार्वजनिक भएको छ।
डिपी खनालको शब्द, बावुल गिरीको संगीत र महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो। सार्वजनिक गीतमा रविलाई स्वरमा गायत्री त्रिपाठीले साथ दिएका छन्।
अमन तामाङको निर्देशन, सम्पादन र कलर रहेको गीतको भिडियोमा निखिल बिक, कविता न्यौपाने, सरोज प्रजा, स्मरिका थापालगायतका कलाकारको अभिनय रहेको छ।
गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ। प्रेमभावको डान्सिङसैलीको गीतको भिडियोमा निखिलको अभिनय तारिफ योग्य रहेको छ।
सपनाहरू सुन्दर हुन्छन् तर वास्तविक खुशी त मायामा नै हुन्छ गीतमा भनिएको छ। सुमन गहतराजको छायांकन रहेको गीतको भिडियो गायक रविको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो।
Facebook Comment